सल्यान,१७ भदौ ।
सल्यानको बागचौर नगरपालिका वडा नम्बर ७ मा यात्रुबाहक बस दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।
सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा १ ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा कच्ची सडकको खाल्डोमा परेर आज बिहान करिब साढे ५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर डीसीका अनुसार घाइते ६ जनामध्ये बागचौर नगरपालिका वडा नम्बर ६ की रन्जना चन्द र रामबहादुर वलीको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरु सबैलाई उद्धार गरेर एम्बुलेन्समार्फत् बागचौरमा रहेको पोलिक्लिनिकमा उपचारका लागि लगिएको छ ।








