बुटवल,४ भदौ ।
बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरेको छ ।
सहकारीको बारेमा अनुसन्धान अघि बढेका जनाउँदै प्रहरीले पीडितहरुले रकम जम्मा गरेको प्रमाणसहित ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरेको हो ।
तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६÷०७८÷०७९ को सार्थक बहु उद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८÷०६९÷०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्था बारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।
थप अनुसन्धानका लागि रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
जनताको अवौं रकम अपचलन गरि फरार रहेका शिवशिखर सहकारीका संचालक दम्पत्ती पक्राउ परेसँगै सो सहकारीका देशैभरका कार्यालय र डिपार्टमेन्टल स्टोर्सहरु बन्द भएका थिए । अध्यक्ष केदारनाथ शर्मालाई सीआईबीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ भने त्यस अघि नै उनकी श्रीमती गीता शर्मा सिआइबी हिरासतमा छिन् ।
२०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको शिव शिखर ०७८ साउनमा बुटवलमा शाखा कार्यालय सञ्चालन गरेको । शिवशिखरले सहकारीसँगै ‘गार्डेनमार्ट डिपार्टमेन्टल स्टोर्स’ सहित खाद्यान्नको अधिकृत बिक्रेताको रुपमा सप्लाई पनि गर्दै आएको थियो ।
ईलाका प्रहरी कार्यालय बुटवल
8 hours ago
“ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको अनुरोध”
**********************************************
रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राम मा रहेको दर्ता नं. ४६।०७८।०७९ को सार्थक बहु उदेश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही जिल्ला रुपन्देही बुटवल उप महानगरपालिका वडा नं. १० योगिकुटीमा शाखा कार्यालय रहेको दर्त ५८८।०६९।०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर उक्त सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको हुँदा उल्लेखित सहकारीका पिडितहरुलाई ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीमा सम्पर्क गर्नु हुन अनुरोध ।






