मोरङ,४ भदौ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले विश्वासको मत पाएका छन् ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री थापाले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सभाध्यक्ष इस्राइल मन्सुरीसहित ४७ जना प्रदेश सभा सदस्यहरुले समर्थन गरेका हुन् ।

सभाध्यक्ष मन्सुरीले आफ्नो आशनबाटै मुख्यमन्त्री थापालाई मत दिएका हुन् । सभामा उपस्थित कूल सदस्य संख्या ७७ मध्ये थापाको पक्षमा ४७ पुगेको हो । बराबरी भएमात्रै सभामुखले मत दिन पाउने संविधानको धारा १८६ मा व्यवस्था छ ।

सभामुख पद रिक्त रहेको कोशी प्रदेश सभामा आज उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि इस्राइल मन्सुरीको अध्यक्षतामा बैठक बसेको थियो ।