सल्यान,४ भदौ ।
सल्यानमा सोमबार दिउँसो भएको गाडी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका – २ की ३६ बर्षीया ओमपत खत्री र रुकुम पश्चिमका ६० बर्षीय कमारो कामी रहेका छन् ।

उनिहरूको दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले अस्पतालमा थप १६ जना घाइतेको उपचार भइरहेको जानकारी दिए ।

ती मध्ये थप दुइ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

रुकुमबाट दाङको तुलसीपुर तर्फ जादै गरेको लु २ ख ५७३१ नम्बरको यात्रु बहाक फोर्स गाडी कपुरकोट गाउँपालिका – ३ आगरखोलामा दिउँसो ३ बजेतिर दुर्घटनामा परेको हो ।