g]sf dxfdGqL yfkf dËnaf/], @ ebf} M g]kfnL sfFu|]; Onfd gu/kflnsfsf] gu/ ;Dd]ngsf] pb3f6gkl5 ;Daf]wg ub}{ g]kfnL sfFu|];sf dxfdGqL tyf ;f+;b uugs'df/ yfkf . tl:a/ M 6Lsf vltj8f÷/f;;

इलाम,२ भदौ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका व्यक्तिहरूको भारी आफ्नो पार्टीले बोकेर नहिँड्ने बताएका छन् ।

ललिता निवास प्रकरणमा संलग्न भनिएकाहरूको फाइल नखोल्ने भनेर बाहिर आएको समाचारप्रति महामन्त्री थापाले गठबन्धनमा रहेर यस्तो निर्णय गर्न नहुने बताए ।

नेपाललाई भ्रष्टाचारमुक्त देश बनाउन पहल सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसको बैठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भएजस्तो अब गठबन्धनको बैठक पनि प्रत्यक्ष जनतामाझ पुर्याउन आँट गर्नुपर्ने बताए ।

भ्रष्टाचारमा जोडिएका जो–कोहीलाई छाड्न र उन्मुक्ति दिन नहुने भन्दै महामन्त्री थापाले जोसुकैसँग जोडिएका विषय पारदर्शी हुनुपर्नेमा जोड दिए ।
अब पार्टीको मात्र नभएर गठबन्धन वा जुनसुकै राष्ट्रिय सवालमा भएका निर्णयसमेत पारदर्शी बनाउनुपर्ने उनको भनाई छ ।

नेपाली कांग्रेस इलाम नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन उद्घाटनका क्रममा महामन्त्री थापाले जनता र युवा पिँढीमा रहेको नैराश्यता अन्त्य गर्न कांग्रेसले पहल गर्नुपर्ने बताए ।
इमान्दार भएर काम गरेमा परिवर्तन सम्भव हुने उनको भनाइ छ ।