दाङ,३ जेठ ।
दाङमा खुकुरी देखाउँदै युवतीलाई कुटपिटसहित यातना दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगर रहेका छन् ।
उनले तीन महिना अघि नै एक युवतीलाई राति जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको खुलेको छ ।
उक्त भिडियो मंगलबार बेलुका ८:३० बजे मगरले आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार १०:४० बजे उनलाई घरबाटै पक्राउ गरेको हो ।
उनको साथबाट विभिन्न लागू औषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस क्रममा तुलसीपुर २ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।






