रुकुम पश्चिम,१७ साउन ।
रुकुम पश्चिममा उनिउँकाे झाडीबाट ३ नाल भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले तीन नाल भरुवा बन्दुक बरामद गरेको हो । जिल्लाकाे मुसिकोट नगरपालिका–७ साँखको बैरीदहबाट आज बुधवार बिहान तीन थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठका अनुसार बैरीदहकाे उनिउँको झाडीमा तीन थान भरुवा बन्दुक फेला परेकाे हो । बरामद भएका भरुवा बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
तीन दिनअघि मात्र पनि प्रहरीले मुसिकाेट–७ काे ग्यामखोलाकाे जङ्गलको ओडारबाट सात नाल भरुवा बन्दुक बरामद गरेको थियो ।








