रूकुम,१४ साउन ।
रूकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ बास्थलामा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।

घाँस काट्न जाने क्रममा स्थानीय ४५ वर्षीया धनमाया खत्री र ४४ वर्षीय काली बहादुर खड्काको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार गाउँ नजिकै पोखरपारी भीरमा घाँस काट्न गएका उनीहरूको पहिरोले च्यापिएर आइतबार अपराह्न ४ बजेतिर मृत्यु भएको हो ।

उनीहरूसँगै रहेकी ४२ वर्षीया बल कुमारी खत्री घाइते भएको प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार घाइते खत्रीलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।