बुटवल,१४ साउन ।
सिद्धबाबा सुरुङमार्गको माथिल्लो भागबाट पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तरगत तिनाउ गाउँपालिका वडा नं-३, दोभानस्थित ड्यामसाइड नजिक ठूलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।

सडकमा खसेको ढुुंगे पहिरो पन्छाएपछि केहीबेर अघि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरी चाैकी दाेभानले जनाएको छ ।

यसअघि पहिरोले एकतर्फी भएको सडकमा माथिबाट पुनः पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको थियो ।

वर्षा हुँनासाथ ढुंगा र लेदोसहितको पहिरो खसिरहँदा सवारी आवागमनसँगै सिद्धबाबा सुरुङमार्ग निर्माणमा समेत अवरोध पुर्याउदै आएको छ ।

बिहानैदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका थिए ।