काठमाण्डाै,१४ साउन ।
आज पनि लुम्बिनी प्रदेश सहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो लुम्बिनी,गण्डकी र बागमती प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै, राति गण्डकी,बागमती, कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । उनका अनुसार नेपालमा अहिले मनसुन सक्रिय भएको छ । अहिले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ ।

गएराति कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । त्यस क्षेत्रका खोला नालामा बाढीको जोखिम बढेकाले सतर्कता अपनाउन मौसमपवद्को आग्रह छ ।