नगर प्रमुख र उपप्रमुखले स्वकीय सचिव राख्ने प्रस्तावको बिरोध
बुटवल,१० असार ।
नगर सभा सदस्यहरुको बिरोधका बाबजुद देवदह नगरपालिकाले एक अर्ब सात करोड २४ लाख ४५ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख र उपप्रमुखको सचिवालय गठन गर्ने र स्वकीय सचिव राख्ने सम्बन्धि प्रस्ताबमा भिन्न मत राख्दै केही नगरसभा सदस्यहरूले विरोध जनाएका हुन् ।
नगर सभा सदस्यहरुको बिरोधका बाबजुद नगरप्रमुख धुर्ब प्रसाद खरेलले बहुमतको आधारमा उक्त ऐन पारित भएको निर्णय सुनाएपछि नगर सभाका सदस्यहरू अमर लामिछानेले लगायतले नाराबाजी गर्दै आपत्ती जनाएका थिए ।
उनीहरूले आर्थिक मन्दीमा सचिवालयमा कर्मचारी भर्ति गरेर नगरपालिकालाई थप ब्ययभार पार्न खोजेको भन्दै बिरोध जनाएका हुन् ।
नगरसभा सदस्यले उठेर नाराबाजीकासाथ बिरोध जनाए पनि नगरसभा भने जारी राखिएको थियो ।
नगरसभा सदस्यहरुको बिरोधका बाबजुद नगर प्रमुख र उपप्रमुखको सचिवालय व्यवस्थापन सम्बन्धी विधेयक–२०८० पारित गरेको छ । जसमा नगर प्रमुख र उप–प्रमुखले चौथो वा पाँचौं तहको एक–एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ ।
उक्त विधेयकको विषयमा केहि नगरसभा सदस्यले फरकमत राखे पनि हुन्छ र हुन्न भन्ने ध्वनी मतका आधारमा बहुमतले विधेयक पारित गरिएको थियो । सोही विषयमा नगर सभामा केही समय नाराबाजी समेत भएको थियो ।
नगर सभा आगामी १९ गते पुनः बस्ने गरि स्थगित गरिएको छ ।






