बुटवल,१० असार ।
बुटवल उपमहानगरपालिकाले आर्थिक बर्ष २०८०/०८१ का लागि २ अर्ब ३६ कराेड ५४ लाख बराबरको बजेट ल्याएको छ ।

आज दिउँसो बसेकाे १३ औं नगर सभाको बैठकमा उपप्रमुख सावित्रा देवी अर्यालले बजेट प्रस्तुत गरेकि हुन् ।
बजेटमा शिक्षा र स्वास्थ्यलाई मुख प्राथमिकतामा राख्दै कृषि,पर्यटन ,राेजगार,उद्योग,ब्यापारजस्ता क्षेत्र काे समुन्नतिमा जाेड दिइएको छ ।

त्यस्तै बजेटमा उज्यालो बुटवल,सफा,सुन्दर,हरियाली सहितको सुरक्षित र समुन्नत शहरको रूपमा विकास गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।