बुटवल,९ असार ।
आइतबारका लागि बाेलाइएकाे लुम्बिनी प्रदेश सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक स्थगित भएको छ ।

आर्थिक बर्ष २०८०/०८१ काे बजेटमाथि छलफलको लागि बाेलाइएकाे प्रदेश सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक सूचना टासेर स्थगित गरिएको हो ।

यही असार १० गते आइतबारका लागि बाेलाइएकाे प्रदेश सभाको दोस्रो अधिबेशनको बाह्रौ बैठक बिशेष कारणवस स्थगित गरिएको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रदेश सरकारले ल्याएको वजेटमा सत्ता पक्षनै असन्तुष्ट भएपछि बजेटमाथिको छलफलका लागि बाेलाइएकाे बैठक स्थगित भएको बताइएको छ ।

प्रदेश सभाको अर्को बैठक असार १३ गतेका लागि तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।