बुटवल,२६ जेठ ।
रुपन्देहीको देवदहमा रहेका सबै पत्रकारहरुको निशुल्क स्वास्थ्य बिमा गरिने भएको छ । देवदह प्रेस कल्ब द्वारा आयोजना गरिएको प्रथम देवदह मिडिया फेस्टिवलको समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख एवम प्रमुख अतिथि धुर्व प्रसाद खरेलले सो घोषणा गरेका हुन ।

देवदह प्रेस कल्बले आफ्नो मिडिया फेस्टिवलमा सार्वजनिक गरेको १० बुँदे घोषपत्र अन्तर्गत “पत्रकारहरुको स्वास्थ्य बिमाको लागि स्थानिय सरकारलाइ अनुरोध गर्ने” बुंदा नं ७ लाई बाचन गर्दै खरेलले पत्रकारहरुको स्वास्थ्य अवस्था राम्रो रहे सबैले सुचना सहज रुपमा प्राप्त गर्ने हुनाले पत्रकारको स्वास्थ्य र सुरक्षामा आफुहरुले विशेष ध्यान दिएको बताए ।

उनले आगामी दिनमा पनि देवदह नगर मिडिया मैत्री होस भन्ने आसय व्यक्त गरेका छन ।