देवदह,२६ जेठ ।
रुपन्देहीको देवदहमा प्रथम मकै महोत्सव सम्पन्न भएको छ । देवदह नगरपालिका वड नं ५ को आयोजना र कलुवा कृषी सहकारी संस्थाको सहकार्य्मा महोत्सव सम्पन्न भएको हो ।

महाेत्सवकाे बिहिबार देवदह नगरपालिका वडा नं ५ मा अवस्थित शुक्रबारे हाट बजारमा देवदह नगरपालिकाकि उपप्रमुख विद्यालक्षी गुरूङले उद्घाटन गरेकि हुन् ।
महोत्सवमा देवदह नगरपालिका वडा नं ५ सङ्गै कलुवा कृषि सहकारी संस्थामा आबद्ध कृषकहरुले आफुले उत्पादन गरेका मकैको विभिन्न परिकारहरुको स्वाद जनप्रतिनिधि लगाएत स्थानीयलाइ चखाएका थिए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम देवदह नगरपालिकाका उपमेयर बिद्यालक्षमी गुरुङ्गले देवदहका किसानलाइ कृषिमा आत्म निर्भर बनाउन सो कार्यक्रम गरिएको बताइन । देवदहका घरहरुमा र बिद्यालयमा चाउचाउ वा बाहिरी दोकानका खाना तथा खाजा हुने भएकाले अब मकैका विभिन्न परिकार बनाइ सेवन गर्न स्थानिय तथा कृषकलाई आग्रह गरेकी थिइन । उनले कृषकलाई प्रोत्साहन गर्न कृषीको क्षेत्रमा बजेट बिनियोजन गर्दै आएको र सदैव किसानहरुलाइ कृषकहरुलाइ कृषी पेसामा संलग्न गराइराखन प्रोत्साहन गरीरहेको बताइन ।
कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता एवम देवदह नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रेले मकै महोत्सव गर्नुको मुख्य उद्देश्यनै याहाको मकै बजारीकरण गर्ने रहेको बताए । देवदहलाइ मकैको पकेट क्षेत्रको रुपमा चिनारी दिन र सो चिनारी सङ्गै विभिन्न निकायलाइ बजेटका लागि घचघच्याउन सो महोत्सव गरेको बताए ।
बीउबिजन प्रयोगशाला भैरहवाका निमित्त प्रमुख तथा बाली बिज्ञ शालिकराम गौतमले नेपालमा मकैको अवस्था सङ्गै देवदहमा मकैको सम्भावनाको बारेमा प्रष्ट पारेका थिए। उनले यस्तो खालको मकै महोत्सव पहिलो पटक देखेको र यसले समग्र मकै खेती गर्ने कृषकलाई प्रोत्साहन मिलेको बताए ।
देवदह प्रेस कल्बका अध्यक्ष बिष्णु पोख्रेलले आफुहरुले पत्रकारको हैसिएतले यस्ता मौलिकताका कार्यक्रमहरुलाइ विभिन्न माध्यमबाट प्रचार गर्ने बताए । उनले आफुहरु समाजका विभिन्न नकारात्मक पक्षलाइ सबै माझ ल्याउने राम्रा पक्षलाइ उज्जागर गर्ने बताए ।
कलुवा कृषि सहकारीका अध्यक्ष चक्रपाणी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मकैका परिकार मात्रै पस्कने रेष्टुरेन्ट सञ्चालन गर्दै आएका राजेन्द्रकुमार श्रेष्ठ,प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरूङ,साहित्यकार विष्णु विवस पाेखरेल लगायतले आ आफ्नो भनाइ राखेका थिए ।






