बुटवल,२५ जेठ ।
बुटवलबाट प्रहरीले ८ लाख ३० हजार रुपैयाँ बराबरका अवैध मोबाइल बरामद गरेको छ । भारतीय बजारबाट भन्सार छली ल्याइएका विभिन्न कम्पनीका ३७ थान मोबाइल बुटवल उपमहानगरपालिकास्थित राजमार्ग चौराहबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार आइफोन ३ थान, रेडमी १५, सामसुङ ८, ओप्पो ४ थानसहित अन्य कम्पनीका मोबाइल पनि रहेका छन् । ती मोबाइल बुधबार साँझ बरामद गरिएको अर्यालले जनाए ।
बरामद गरिएका मोबाइल आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रवक्ता अर्यालले बताए ।