बुटवल,१८ जेठ ।
भारतीय सीमा क्षेत्रबाट लुकाइछिपाइ ल्याउँदै गरेका अवैध कुखुराका चल्ला रुपन्देही प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्लाकाे रोहिणी गाउँपालिका –२ मैनिहवामा बुधबार साँझ भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउँदै गरेको ३ हजार २ सय वटा कुखुराका चल्ला बरामद गरेको हो ।

बेवारिसे अवस्थामा रहेका २ लाख मूल्य बराबारका ४० कार्टुन चल्ला बरामद गरी कारबाहीको लागि पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय बेलहियामा बुझाइएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।