बुटवल,१२ जेठ ।
विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण भएको छ ।
विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज
शुक्रबार भैरहवामा अवतरण गरेको हो ।
काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा आईको बताइएको छ ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट उडेको विमान ९:२५ मा भैरहवामा अवतरण भएको हो ।






