रूकुम,११ जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ८ दुलीमा जिप दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ भने आठजना घाईते भएका छन् ।
सानीभेरी गाउँपालिका– ५ मेलचौरबाट जिल्ला सदरमुकाम खलङगा जादै गरेको लु १ ज १७४७ नम्वरको जिप बिहिबार बिहान दुलीको मोतिखोलामा दुर्घटना भएको हो । दुर्घटनामा परेर सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्ण बहादुर बाँठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उनको छोराको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूकाे उद्धार गरेर उपचारका लागि पठाईएको र दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताईएको छ ।









