बुटवल,३० बैशाख ।
प्रजातन्त्रवादी प्रध्यापक संघ नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।
आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ ।
उक्त अहिवेशनबाट नयां नेतृत्व चयन हुने भएकाले त्रिुभुवन विश्वविद्यालयका सहप्रध्यापक डा. विष्णुप्रसाद पोखरेलले अध्यक्षका लागि बुटवलबाट आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रजातान्त्रवादी प्रध्यापक संघ सिद्दार्थ गौतमबुद्द इकाईले
शनिबार बुटवलमा आयोजना गरेको भेला तथा कार्यक्रममा पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
कार्यक्रममा रूपन्देहीका आंगिक तथा पव्लिक क्याम्पसहरूमा कार्यरत नेपाली कांग्रेस निकट प्रध्यापकहरुले प्रजातान्त्रवादी प्रध्यापक संघ नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेललाई समर्थन गर्ने प्रतिवद्वता जनाएका छन् ।
संघका वर्तमान अध्यक्ष जगतप्रसाद तिमिल्सेनाको साथमा अध्यक्ष जित्ने गरी प्रचार– प्रसारका लागि डा. विष्णुप्रसाद पोखरेल अहिले देश दौडाहामा हिडेका छन् । प्रजातान्त्रवादी प्रध्यापक संघ नेपालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोखरेलले आंगिक, पव्किल क्याम्पसलगायत आमशिक्षा क्षेत्रका समस्या समाधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
प्रजातान्त्रवादी प्रध्यापक संघ नेपालका अध्यक्ष जगतप्रसाद तिमिल्सेनाले तोकिएकै मितिमा अधिवेशन हुने र समयको माग अनुसारको नयां नेतृत्वका लागि डा. विष्णुप्रसाद उपयुक्त रहेको बताए ।
प्रजातान्त्रवादी प्रध्यापक संघ सिद्दार्थ गौतमबुद्द इकाई अध्यक्ष तारा ज्ञवालीको अध्यक्षता र सचिव सुमन घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीका कांग्रेस निकट प्रध्यापकहरुले डा. विष्णुप्रसाद पोखरेललाई अध्यक्ष बनाउन सहयोग गर्ने प्रतिवद्वता जनाएका थिए ।
कार्यक्रममा सिद्वार्थ गाैतमबुद्व क्याम्पस बुटवलका प्रमुख बिष्णु प्रसाद राना,राममणी बहुमुखी क्याम्पसका प्रमुख तारा प्रसाद भुसाल,प्राध्यापकहरू रमेश प्रसाद बस्याल,गाेपाल चापागाईं,शंकर आचार्य,प्रकाशमणी खनाल लगायतले त्रिभुवन विश्वविदालयले एकेडेमीक क्यालेन्डर अनुसार काम जगर्दा समस्या हुनेगरेकाे भन्दै क्यालेन्डर अनुसार काम गर्न दबाब दिनुपर्नेमा जाेड दिए ।
पछिल्लो समय नेपाली विद्यार्थीहरू १०+२ अध्ययन गरेपछि विदेश जाने क्रम बढेको भन्दै उनिहरूले के कस्ता योजना तथा कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीहरूलाई नेपालमै राेक्न सकिन्छ भन्ने बिषयमा प्राध्यापक संघ संस्थाहरूले अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।






