बुटवल,९ बैशाख ।
नेपालमा पछिल्लो समय डलरको सञ्चिती बढेकाले मुलुकको अर्थतन्त्र चलायमान हुनेमा उद्योगि ब्यवसायीहरु आशावादी भएका छन् ।
बुटवल उद्योग बाणिज्य संघ अन्तर्गत गठीत हार्डवेयर समितिको क्यालेण्डर बिमोचन कार्यक्रममा बोल्ने उद्योगि ब्यवसायीहरुले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग बाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य उज्वल कसजुले मुलुकको अर्थतन्त्रमा सुधारका संकेत देखिएको भन्दै डलरको संचिति बढेकाले बिस्तारै अर्थतन्त्र चलायमान हुने विस्वार ब्यक्त गरे ।
बैंक व्याज लगायतका व्यवसायीका समस्या समाधानका लागि महासंघले पहलकदी उठाईसकेको जानकारी गराउदै कसजुले यसक्षेका उद्योगि ब्यवसायीहरुका समस्या समाधान गर्न आफु लागि पर्ने प्रतिवद्धता जनाए ।
बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले बस्तुगत समिति संघको वीङ्स भएको बताउँदै संघको गतिबिधिलाई चलायमान गराउन र क्रियाशिलता बढाउनको लागि पनि बस्तुगत समितिहरुको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे ।
संघका कार्यसमिति सदस्य तथा उक्त बस्तुगत समितिका पूर्व अध्यक्ष दीपक चापागाईले बैंकको व्याज तथा खस्कीँदो व्यापार व्यवसायका कारण उद्योगी व्यवसायीहरु अफ्ठ्यारो अवस्थामा पुगेको बताउँदै यसलाई सुधार गर्नको लागि महासंघले नै नेतृत्व लिनको लागि नवनिर्वाचित सदस्य कसजूलाई आग्रह गरे ।
हार्डवेयर बस्तुगत समितिले शुक्रबार बुटवलमा नयाँ वर्षको शुभकामना आदानप्रदान समेतको कार्यक्रम गरी क्यालेण्डर विमोचन गरेको हो ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूलाई सम्मान गरिएको थियो ।
हार्डवेयर बस्तुगत समिथिका सभापति अनिलकुमार गुप्ताको अध्यक्षता तथा सचिव धर्मेन्द्र कसौधनको सञ्चालनमा भएको कार्यक्रममा क्यालेण्डरका विज्ञापनदातालाई सम्मान गरिएको थियो ।





