पाल्पा,७ बैशाख ।
पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने काम राेकिएकाे छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले संरचना भत्काउनु पर्ने नपर्ने बिषयमा दुबै पक्षलाई छलफलमा बाेलाएपछि नगरपालिकाले संरचना भत्काउने काम रोकेको हो ।
दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने काम सम्बन्धमा निषेधाज्ञा उत्प्रेषण परमादेशका लागि निवेदन परेकाले तत्कालका लागि संरचना भत्काउने काम रोकिएको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए ।
तानसेन नगरपालिकाको कार्यालयलाई विपक्षी बनाई पेस भएको निषेधाज्ञा उत्प्रेषण परमादेश रिट निवेदनको ६ गते ४ बजे म्याद तामेल भई ७ गते छलफलका लागि बोलाइएकाले अहिलेलाई संरचना भत्काउने काम राेेकिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
पाल्पा दरबार सङ्ग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संग ठनका एक, कर्मचारी मिलन केन्द्रका तीन वटा घर टहरा रहेका थिए । सामान हटाएपछि घरटहरा भत्काउन सुरु गरिएकोमा अदालतको पत्रपछि अहिलेलाई भत्काउने काम राेकिएकाे हाे ।





