बुटवल,६ बैशाख ।
पाल्पाली सेवा समाज कतार,दोहाले एक मृगौला पिडित किशोरीलाई ५२ हजार नगद सहयोग गरेको छ ।

पाल्पाको तिनाउ गाउपालिका वडा नं ५ कोलडाडा घर भै हाल बुटवलको गोलपार्कमा रहेर मृगौलाको उपचार गराइरहेकी २० बर्षीय अमृता राना मगरलाई उनकै निवासमा एक कार्यक्रमकाबीच समाजले उक्त रकम हस्तान्तरण गरेको हो ।
समाजका पुर्ब अध्यक्ष यम बहादुर खाती,पुर्ब कार्यबहाक अध्यक्ष भरत बहादुर खत्री,समाजका केन्द्रीय सदस्य,हिरालाल बस्याल,समाजकै पुर्व सचिब दीपेन्द्र मरासिनी,समाजसेवीहरु अर्जुन बहादुर कुँवर,घनश्याम बस्याल,गोपाल बञ्जाडे लगायतको सहभागितमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
पाल्पाली सेवा समाज कतार,दोहाका अध्यक्ष महल केसी सहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु एवं हाल कतारमा रहेका कलाकार जनक थापाको सकृयतामा रकम उठाएर पिडितलाई प्रदान गरिएको केन्द्रीय सदस्य बस्यालले जानकारी दिए ।
रोजगारीको क्रममा बिदेशमा रहेर पनि दुख पिडामा परेका आफ्नो जिल्लावासीलाई सहयोग गर्नुपर्छ भन्ने उदेस्यले स्थापित समाजले यसअघि पनि धेरै मृगौला पिडित तथा अन्य बिरामिहरुलाई सहयोग गर्दै आएको समाजका पुर्ब अध्यक्ष खातीले बताए ।
सो अवसरमा पिडत अमृताका अंकल बासुदेव रानाले रोजगारीका लागि बिदेशमा रहेर पनि आफ्नो कमाईबाट बिरामिको उपचारका लागि रकम सहयोग गरेकोमा समाजप्रति आभार प्रकट गरे ।
समाजका पुर्ब अध्यक्ष खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजवेवी घनश्याम बस्यालको सञ्चालनमा भएको हो ।





