बुटवल,३० चैत ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्वल कसजु
नेपाल उद्योग बाणिज्य महासघकाे केन्द्रिय सदस्यमा बिजयी भएका छन ।

महासंघको ५७ औं वाषिर्क साधारणसभा तथा अधिवेशन अन्तरगर बुधबार भएको मतदानमा सदस्यमा कसजु बिजयी भएका हुन् ।

गाउँ नगर तर्फ ११७ मतदाता रहेको महासंघमा ११७ मत नै खसेको थियो । ११७ मध्ये कसजुले ७२ मत पाएका छन ।