‘चरणवद्ध आन्दोलनको खाका तय गर्न सञ्जालको बृहत बैठक आह्वान’
बुटवल, २९ चैत्र ।
यस क्षेत्रका व्यवसायीक संघ संस्थाहरुले घरवहाल घटाउन घरधनीलाई सामुहिक अपिल गरेका छन् ।

चर्को बैंक व्याजदर, महगों घरवहाल लगायतका विविध कारणबाट दिनानुदिन व्यापार व्यावसायमा देखा परेको समस्या र वजार विस्तापित हुने अवस्थाका बारेमा छलफल गर्न बुधवार बुटवलमा बसेको व्यवसायीक संस्थाहरुको संयुक्त बैठकपछि उहिरुले संयुक्त अपिल जारी गरेका हुन् ।

बैठकले चर्को घरभाडा र बैंक व्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायीक संघसंस्थाहरुको सञ्जालको बृहत बैठक आवहान गर्ने निर्णय गरेको छ ।
बुटवल उद्योग वाणिज्य संघ,रुपन्दही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ र नेपाल घरवहाल सरोकार संघको संयुक्त बैठकले घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरवहाल घटाउन घरधनीहरुलाई सामुहिक आग्रह गरेका हुन् ।

बैठकमा बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखानाहरु धाराशाही हु“दै गइरहेको र त्यसबाट आएको संकटको विषयमा गम्भिर छलफल गरिएको रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।

बैठकपछि जारी संयुक्त अपिलमा यस्तो अवस्थामा सुधार गरि मुलुकको अर्थतन्त्रलाई चलायमान गराउदै व्यापार व्यवसाय तथा उद्योग सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसले राष्ट्र असफल बन्ने बाटोमा जाने खतरा बढ्ने जनाउदै त्यसप्रति गम्भिर बन्न सबैमा अनुरोध गरिएको छ ।

बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै अपिलमा बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल वजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्नेको संख्या बढ्दै गएको र वजार विस्तापित हुने क्रम बढ्देको प्रति चिन्ता व्यक्त गरिएको छ ।

यो स्थितीलाई मनन गर्दै पछिल्लो घट्दो र खस्कदै गइरहेको व्यापारलाई वचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता रहेको अपिलमा जनाइएको छ ।

बुटवल उद्योग वाणिज्य संघका कावा महासचिव मुक्ति अधिकारी,रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, ,रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरे,उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरवहाल सरोकार संघका अध्यक्ष राजु लिगलद्धारा हस्ताक्षरीत अपिलमा घरवहाल घटाउन घरधनीलाई
आग्रह गरिएको छ ।