बुटवल, २८ चैत ।
बुटवल उपमहानगरपालिका वार्ड ११ देबिनगर स्थित साइनो बचत तथा ऋण सहकारीले १२ औ स्थापना दिबसको अवसरमा बुटवल ७ शिवनगर सामुदायिक बनमा रहेको “नन्दनी गौं संरक्षण केन्द्र “ मा दाना तथा नुन सहयोग गरेको छ ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वाड नं ११ का वडा अध्यक्ष राम चन्द्र खनालले अरु सहकारीहरु पनि थप सामाजिक उत्तरदायित्व बोध गर्ने खालको बन्नुपर्ने बताए ।

उनले सहकारीलाई राज्यले नियम गन गर्ने भन्दा पनि आफ्नै जिम्मेवारी बोध गर्ने खालको हुनुपर्ने बताए ।

सहकारी अध्यक्ष रोम बहादुर कुंवरको अध्यक्षता भएको कार्यक्रममा वाड नं ७ जनप्रतिनिधि वीर बहादुर लामा,यज्ञमुर्ति पाण्डे,गुप्त बहादुर खत्री ,शुर्य शर्मा सुबेदी, कृष्ण कार्की, टोप लाल शर्मा लगायतले बोलेका थिए ।