नवलपरासी,२७ चैत ।
प्रज्ञापनपत्रमा उल्लेख भए भन्दा बढी (करिब ४२ टन) चिनीसहित सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट खटिएको टोलीले विशेष सूचनाको आधारमा चिनीसहितका ट्रक नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका ट्रकहरुमा नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रक बर्दघाटस्थितबाट र लु २ ख ९० नम्बरको ट्रक बर्दघाटको चिसापानीस्थित गाडी ग्यारेजबाट नियन्त्रणमा लिएको ससस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभागलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।