प्रदीप पन्थ
नेपालमाग्याँस लिकभई भएका घटना नयाँहोइन यो भन्दा अगाडि यो भन्दा ठूला र भयानक दुर्घटनाहरु थुप्रै भएका छन । थुप्रै सर्वसाधारण नागरिकको ज्यानगइसकेको छ ।
खानापकाउने ग्याँस लिक्वीड पेट्रोलियमग्यास (एलपीजी)हो । ग्याँस गह्रुंगो हुने भएकाले जहाँ सिलिण्डर राखिएको हुन्छ ग्याँसको मात्राभुईतिर हुन्छ । अक्सिजन (हावा) र ग्याँस मिल्यो भने आगलागी हुन्छ । अझसिलिण्डर पड्कियो भने त त्यो बम भन्दापनिखतरानाक हुन्छ, भुई तलामा सिलिण्डर पड्कियो भने चार तले घरको चौथो तल्लापनिध्वस्त पार्छ ।
ग्याँस सिलिण्डरबाट आगलागीहुने मुख्य ३ कारण छन । पहिलो सिलिण्डर, दोस्रो रेगुलेटर र तेस्रो ग्याँस पाइप । तर सिलिण्डर पडकिनुका पछाडि रेगुलेटरबाट हुने ग्याँस लिकप्रमूख कारण हो । आगलागीहुनुमाउपभोक्ताको असावधानीपनिहुन सक्छ , उत्पादकतथाबिक्रेताको लापरवाहि, सरकारको प्रभावकारी अनुगमन र जनचेतनाको कमीपनी एक हुन ।
ग्यास उद्योगहरुमाउत्पादनकै समयमाग्यासलाई सुरक्षितबनाउनभएकाप्रयासमा केहीकमजोरी हुन सक्छ । जस्तो कि सिलिण्डर तयार भएपछि सबै सिलिण्डर पानीमा डुबाएर परीक्षण गरिएको हुनुपर्छ । त्यो नहुंदा सिलिण्डर लिकभए–नभएको थाहाहुंदैन । यदिलिकभएको सिलिण्डर उपभोक्ताको घरमापुग्यो भने दुर्घटना हुनसक्छ । सिलिण्डर लिक छ छैन थाहापाउन सिलिण्डरको ज्योइन्ट (जोडिएको ठाउँ)मापानी राखेर थाहापाउन सकिन्छ । लिक छ भने बुलबुलफोका उठ्छ ।
रेगुलेटरबाट ग्यास लिकभएनभएको थाहापाउन एक मुठी पानी रेगुलेटरको वरिपरि खन्यायो भने पत्ता लाग्छ । लिक छ भने बुलबुलफोका उठ्छ । यदिहामीले सेन्सरवाला रेगुलेटर प्रयोग गरेको खण्डमा रेगुलेटरका कारण हुने दुर्घटना पूर्णत रोकिन्छ । गुणस्तरीय रेगुलेटर ४ सय देखि ५ सय सम्ममापाउन सकिन्छ भने सेन्सरवाला १४ सय सम्म पर्छ ।
ग्याँस पाइपको कुरा गर्नुपर्दा तीन लेयरको पाइपप्रयोग गर्दा सुरक्षित हुन्छ । पीभीसीपाइपप्रयोग गर्न हुंदैन । यो मुसाले काट्नसक्ने, तातोका कारण जल्न र पग्लिन सक्ने हुन्छ । अहिले बजारमा ९० प्रतिशतपीभीसीपाइप छ ।
तीनलेयरको पाइप एक मिटरको २०० देखि ५०० रुपैयां मुल्यको हुन्छ । ग्याँससंग सम्बन्धित वस्तु किन्दाहामीले सधै गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्छ । सस्तोको लोभमा गुणस्तरहीन सामानप्रयोग गर्दा हामी र हाम्रो परिवारको ज्यान जोखिममा हुन्छ ।
सिलिण्डर डिलरबाट ल्याउँदावा लैजाँदाकुनै पनिअवस्थामा गुडाउन हुंदैन । डिलरले घरसम्म ल्याइदिएको ग्यास चुहावटयुक्त छ कि छैन, परीक्षण गर्नुपर्छ । भान्सामा सिलिण्डर सधैँ ठाडो बनाएर राख्नुपर्छ ।
कुनै पनिअवस्थामाग्यासलाई सुताएर वा कोल्टे पारेर वा घोप्ट्याएर प्रयोग गर्न हुंदैन ।
सिलिण्डर भन्दाकम्तीमा ६ इन्चमाथिग्यास चुलो राख्नुपर्छ । कहिलै पनिचुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन। त्यस्तै ग्याँसको रबर पाइप १।५ देखि २ मिटरभन्दालामो हुनु पर्दछ । रेगुलेटर नमिलेर वाबिग्रेर पनिग्याँस लिकहुन सक्छ। सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी ख्याल गर्नुपर्छ ।
सिलिन्डरमाग्याँस सकिनासाथभान्साभन्दाबाहिर राख्नुपर्छ । पुरानासिलिण्डर प्रयोग गर्नुहुंदैन ।
ग्याँस चुल्होकालागिचाहिने रेगुलेटर, पाइप, चुल्हो, रबरहरु नेपाल सरकारले गुणस्तर प्रमाण पत्र जारी गरेको कम्पनीको मात्रै प्रयोग गर्नुपर्छ।
ग्यास चुल्होसँग सम्बन्धित उपकरणहरु सकेसम्म हरेक दुई देखीपाँचवर्षमा फेर्नुपर्छ ।
खानापकाइसकेपछि रेगुलेटर अनिवार्यरुपमाबन्द गर्नुपर्छ। खानापकाउँदा कोठाको झ्याल ढोकाखुल्ला गर्नुपर्छ।
खानापकाउन बस्दा सुतीको कपडा लगाएर बस्नुपर्छ । ग्याँसको सिलिण्डर भएको ठाउँमा एलपीग्यासको तीखो गन्धआयो भने ग्याँस लिकभएको बुझ्नुपर्छ ।
ग्याँसको तिखो गन्धथाहापाउनेबित्तिक्कै आगोका झिल्कानिस्कने जस्तै–चुल्हो, लाइटर, सलाई, बिजुलीकाप्लग, धुप जस्ता कुनै पनि उपकरण चलाउनु हुँदैन ।
ग्याँस लिकभएको थाहापाउने बितिक्कै पहिले रेगुलेटर र पछि चुल्होको नभबन्द गर्नुपर्छ । ग्याँस लिकभएको सिलिण्डर रेगुलेटरबाट छुटाएपछि सिलिण्डरमाहुने सुरक्षाक्यापलगाएर कोठा बाहिर राख्ने । ग्याँसको अनावश्यक भण्डारण नगर्ने ।
आगो लाग्ने बितिक्कै ग्यास पड्किंदैन । तर हामी पड्किन्छ भनेर भाग्छौँ । आगो लागिरहेको सिलिण्डर तत्कालै पड्किदैन, बरु सिलबन्दकुनै सिलिण्डर छेउमा छ भने त्यो चै पड्किन्छ, त्यसलाई तुरुन्तै बाहिर निकाल्नुपर्छ ।
आगो लाग्नेबितिक्कै लिकभएको ठाउँमा चिसो कपडाले छोप्ने, रेगुलेटर वाक्यापले ग्याँसको चुहावट रोक्न सकिन्छ । ब्लान्केट भिजाएर सिलिण्डर छोप्ने, जुटको बोरा भिजाएर छोप्ने तथापानी राख्ने बाल्टिनले बेस्सरी सिलिण्डर छोप्दापनिआगलागी नियन्त्रण गर्न सकिन्छ ।
सिलिण्डरको म्यादपनिउपभोक्ताले जान्नैपर्ने कुरा हो ।
जो कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्तालगाउन सक्छन । सिलिण्डरको घाँटीमा भएका ३ वटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टी सिलिण्डरको म्यादलाई जनाउनेगरी कोड राखिएको हुन्छ। सो कोडकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्यादपत्तालगाउन सक्छन ।
यस्ता ग्याँसको सुरुमा ए, बी, सी र डी मध्ये एउटा अक्षर लेखिएको हुन्छ। त्यसपछि १६, १७, २०, २२, २५ आदिअंकहरु लेखिएको हुन्छ। यसकै आधारमा सर्वसाधारणले सिलिण्डरको म्यादथाहापाउन सक्छन ।
ए, बी, सी र डीले अंग्रेजीकाक्रमशः ३–३ महिना जनाउँछ। एले जनवरी, फेबरुअरी र मार्च महिना जनाउँछ भने बीले अप्रिल, मे, जुनमहिनालाई जनाउँछ। सीले जुलाई, अगष्ट र सेप्टेम्बर तथा डीले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।
त्यस्तै अंग्रेजीअक्षरपछि लेखिएको अंकले मिति जनाउँछ। जस्तै २३ अंंक लेखिएको भएमात्यसको म्याद २०२३ सम्म हो भन्ने बुझ्नुपर्दछ। ‘बी २३’लेखिएको सिलिण्डरको म्याद सन २०२३को जुनमहिनासम्महो भन्ने बुझ्नुपर्दछ । यस हिसावले मूल्याङ्कनगर्दा अहिले प्रयोगमाआएका सिलिण्डर २३अंकभन्दामुनिको हुनु हुँदैन। अहिलेको मितिलाई ए २३ ले जनाउँदछ। तर यो मितिअन्तिममितिहुने भएकाले बजारमा ३३अंकसम्मका सिलिण्डर पाइन्छ।
एउटा सिलिण्डरको म्याद १० वर्षसम्म हुन्छ। १० वर्षपछि हाइड्रोलिक टेष्ट गर्नुपर्ने र ५ वर्ष म्यादथप्न सकिन्छ। तर ग्याँस उद्योगहरुले भने हाइड्रोलिक टेष्टको मापदण्ड अवलम्वननगरेको समेत पाइने गरेको छ।
हाइड्रोलिक टेष्ट गरेपछि सिलिण्डर नचुहिने पाइयो भने मात्रै त्यो सिलिण्डर पुनः ५ वर्षसम्म प्रयोग गर्न सकिने नत्र कवाडीमा दिनुपर्ने हुन्छ। सिलिण्डरको म्याद सकिएपछि वाबीचमै चुहावट भएमात्यसलाई मर्मत तथा वल्डिङ गरेर प्रयोग गर्न पाइँदैन।हाईडोली टेस्ट गर्दा ग्याँस विक्रेता संघ , उपभोक्ताहित संरक्षण मञ्च, बाणीज्य कार्यालय लगाएका संस्थाको रोहवरमाहुनु पर्दछ ।
सिलिण्डरको म्यादमात्रै होइन, त्यसको तौल पनि धेरैलाई थाहानभएको हुन सक्छ। विभिन्नकम्पनीकासिलिण्डरको तौल फरक फरक हुने गरेको छ। फलामको तौल फरक फरक भएपनित्यसले कुनै प्रभावभने पार्दैन। केही सिलिण्डरको १४ र केही सिलिण्डरको १५ केजीभन्दा बढी तौल हुने गरेको छ।
यो पनिसिलिण्डरमा स्पष्टसँग जनाइएको हुन्छ। सिलिण्डरको घाँटीमा रहेका तीन डण्डीमध्ये एउटामा वा घाँटीमुनि सुरुमा सिलिण्डरको तौल र त्यसको मुनिग्याँसको तौल १४ दशमलव २ केजी लेखिएको हुन्छ।
सिलिण्डरको फलामको तौल जतिभएपनिग्याँसको तौल भने १४ दशमलव २ केजीहुनैपर्छ। लेखिएको फलामको सिलिण्डरको तौल र ग्याँसको तौल जोड्दा आउने समग्र तौल जोखेर पनिग्यासको वास्तविकतौल जो कोहीले पत्तालगाउन सक्दछन्। ग्याससहितको एउटा सिलिण्डर जोख्दा १४ दशमलव २ केजी र फलामको जम्मातौल जोड्दा आउने योगफलमिल्नुपर्दछ। अन्यथाग्यासको तौलमा घटीबढी भएको बुझ्न सकिन्छ।
यसरी भान्सामाप्रयोग हुने सिलिण्डरको म्यादबुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्नकालागिपनि सावधानीअपनाउन सकिन्छ।
त्यस्तै सिलिण्डरमाफलामको तौल र ग्याँसको तौल जोड्दा आउने कुल योगफलपनि सबैले चेक जाँच गर्नु जरुरी छ। यसबाट ग्याँसको तौलमाकमी गराएर हुन सक्ने ठगीबाट जोगिन सहयोग पुग्छ नै सम्वन्धितपक्षलाई पनि सहीतौल कायम राख्नदवाव पुग्दछ।
देशभर अहिले २८ लाख बढी सिलिण्डरहरु उपभोक्ताका घरमा छन । दैनिक ८० हजारदेखि एक लाख सिलिण्डर बजारबाट खाली उठ्ने र त्यति नै संख्यामा रिबोटलिङ भएर वितरकमार्फत उपभोक्ताको घरमापुग्ने तथ्यांक छ । यसकाअतिरिक्त देशभरका झण्डै ६० वटा ग्याँस उद्योगको आफ्नै स्टोरेजमापनिग्यास मौज्दात हुन्छ ।
अन्त्यमाग्याँस बिक्रेता संघ रुपन्देहीको बार्षिक नितितथाकार्यक्रमअन्र्तगतजनचेतनामुलकपत्रकार सम्मलेन गरिरहेको सन्र्दभमा यो संघनितान्त सेवामुखी संस्था रहेको विदितै छ । यस्ता संस्थामा सामान्यन्युनतमप्रवेश शुल्कलिई सदस्यताप्रदानगरिरहेको छ । उक्त रकमबाट संस्थाको सामान्यखर्च मात्र पुरा हुने अवस्थामा संस्थाबाट जनचेतनामुलककार्यहरु गर्न असर्मथ रहैदै आएतापनी केहीकार्यक्रमहरु गरिरहेको छ । ग्याँस बिक्रेता संघ रुपन्देहीको बार्षिक नितितथाकार्यक्रममापनी यस्ता खाले कार्यक्रमहरु स्थानीयतहको समन्वयनमा सञ्चालगरिने भनी राखीएको छ । यस्ता दुर्घटना लाई न्युनीकरण गर्नको लागीसरकारले गर्न सम्पुर्ण कार्यक्रममा सहभागीर साथदिने प्रतिबद्धता जाहेर गर्न चाहान्छौं ।
(ग्यास विक्रेता संघ रुपन्देहीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमावितरित विज्ञप्ति)






