धनगढी,२६ माघ ।
पटकपटक स्थगित हुँदै आएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ ।

मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने प्रयाेजनका लागि बाेलाइएकाे बैठक केहीबेर अघि सुरु भएको हो ।

अपह्वान ४ बजेका लागि बाेलाइएकाे बैठक केही ढिलो गरी सुरु भएको हो ।

बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् । सो प्रस्तावमाथि छलफल पछि सभामा मत विभाजन हुने छ ।

मुख्यमन्त्री नियुक्ति हुँदा नागरिक उन्मुक्तिको समेत समर्थन पाएका रावलले सो पार्टीको विश्वासको मत भने पाउने सम्भावना न्यून भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि मुख चाबीकाे रूपमा रहेको नागरिक उन्मुक्ति पार्टीको उपस्थित छैन ।

नागरिक उन्मुक्तिका सांसद काठमाडौंमा रहेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदको समर्थन पाएका थिए ।

संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्र वा बिहीबारसम्म विश्वासको मत लिनुपर्ने छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् ।

भाग्य फैसला गर्ने प्रदेश सभाको