जुम्ला,२४ माघ ।
जुम्लामा एक घरमा आगलागी हुदा १४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर मृत्युु भएको हो ।
गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घर पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।
टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको हो । आगलागीमा मृत्युु भएकी बन्दनाकाे शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएकाे प्रहरीले जनाएको छ ।









