काठमाडौं,२३ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले आइतबार बेलुका दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत भएको हो ।

राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका थिए ।