बार,१३ माघ ।
बाराको कलैया उपमहानगरपालिका ३ का वडाध्यक्ष मोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चोरीको चुरोट खरिद गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिले चुरोट वडाध्यक्षले खरिद गरेको बयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।