रुपन्देही, ८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले शिक्षा क्षेत्रको बिकास र उन्नयनका लागि प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् ।
शिक्षा क्षेत्रको बिकास पछि मात्रै समग्र मुलुकको बिकास हुने भन्दै मुख्यमन्त्री गिरीले शिक्षा क्षेत्रमा लगानी बृद्धि गर्न प्रदेश सरकार सकारात्मक रहेको बताए ।
रुपन्देहीको सियारी स्थित एक बिद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै मख्यमन्त्री गिरीले प्रदेशका अधिकांश सरकारी बिद्यालयले सिमित श्रोत र साधनका बाबजुत उत्कृष्ठ कार्य गरेको उल्लेख गरे ।
सैद्धान्तिक र व्यवहारिक शिक्षालाई युग सुहाउदो रुपमा अगाडि बढ्न आग्रह गर्दै उनले सरकारलाई आबश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पुर्व शिक्षामन्त्री तथा सांसद वसिउद्धिन खां, सासंद तुलसीप्रसाद चौधरी, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, विद्यालयका प्रथम पिएचडी डाक्टर बिष्णुप्रसाद मरासिनी लगाएतले बोल्दै बिद्यालयको उन्नती र प्रगतीका लागि आआफ्नो ठाउँबाट आबश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।






