बुटवल,२४ पुस । चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ ।
हिउँदे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले पुष २५ देखि २९ गते सम्मको लागि विदा दिएको छ ।
लगातार रुपमा बढ्दै गएको चिसो र सितलहरका कारण दैनिक जनजिवन कस्टकर हुँदै गएको अवस्थामा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुको पठनपाठनमा असहजता देखिएकोले हिउँदे बिदाबाट कट्टा गर्नेगरी मिति २०७९÷०९÷२५ गतेदेखि २०७९÷०९÷२९ गतेसम्म नगरपालिका अन्तर्गतका विद्यालयमा जाडो बिदा दिइएको नगरपालिकाका उप सचिब हेमराज अर्यालद्धारा जारी सूचनामा जनाइएको छ ।