सिराहा,२४ पुस । सिरहाकाको मिर्चैयामा प्रहरीले गोली चलाएको छ । जिल्लाकाे मिर्चैया नगरपालिका–३ स्थित सगरमाथा माविमा कक्षा ८ मा अध्ययनरत छात्राको मृत्यु भएपछि स्थानीयकाे प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको हो । प्रदर्शनकारीहरूले ईलाका प्रहरी कार्यालय मिर्चैयामा घेरा हालेपछि ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
३ राउण्ड अश्रुग्यास पनि प्रहार गर्दा पनि भिड नियन्त्रणमा लिन नसकेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले ढुंगा प्रहार गर्दा ७ जना प्रहरी घाइते भएका छन् । सगरमाथा माविमा अध्ययनरत १५ वर्षीया छात्रा सिर्जनाकुमारी महराको गएराति मृत्यु भएको थियो । पानी माग्दा शिक्षिकाले स्प्रिट दिएकाे र स्प्रिट खाएपछि उनको मृत्यु भएको पीडित परिवार र विद्यार्थीहरुको आरोप छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए ।






