काठमाण्डाै,८ पुस । त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बिदा हुने भएका छन् ।
पुस १७ गतेदेखि हिउँदे बिदाअन्तर्गत बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ ।
क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा दिन सक्ने तर पुस १७ गतेपछि मात्रै यो नियम लागू हुनेछ ।
त्रिभुवन विश्वविद्यालयले यसअघि पनि शिक्षक तथा विद्यार्थीलाई हिउँदे बिदा दिँदै आएको थियो ।






