बुटवल,५ पुस ।
लामाे समयदेखि अलपत्र अवस्थामा रहेको पाल्पाको चिलाङ्दी चापपानी राम्दी सडकको मालारानी गरन्डाडा खण्डकाे काम अब छिट्टै सुरु हुने भएको छ ।
लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री माननीय वीर बहादुर रानाकाे पहफमा आज आफ्नै कार्यकक्षमा आयाेजित सरोकार वालाहरुसँकाे छलफलमा हाल अलपत्र अवस्थामा रहेको चिलाङ्दी चापपानी राम्दी सडकको मालारानी गरन्डाडा खण्डकाे काम तत्काल सुरु गर्ने सहमति भएको हो ।

छलफलमा मन्त्री रानाले सडक निर्माणका लागि आवश्यक रकमको ब्यवस्थापन गर्ने आश्वासन दिनुका साथै भाैतिक पुर्बाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठले पनि मन्त्रालयले आवश्यक सहजिकरण गर्ने प्रतिवद्वता जनाएपछि निर्माण कम्पनी तत्काल काम सुरु गर्न सहमत भएको हो ।

भौतिक पुर्बाधार मन्त्रालयका सचिब अमृत श्रेष्ठ, पुर्बाधार बिकास निर्देशनालयका प्रमुख, पाल्पा जिल्ला पुर्बाधार बिकास कार्यालयका प्रमुख र निर्माण व्यावसायि वाइ. पि. जय रक्तकाली जे. भि. का प्रतिनिधि राम प्रसाद चट्टबीच सडक निर्माणमा देखा परेको समस्याका बारेमा गहन छलफल हुनुका साथै कुनैपनी हालतमा उपयुक्त तरिकाले काम अगाडी बढाउने सहमती भयको मन्त्री रानाको सचिवालयले जनाएको छ ।

छलफलपछि लुम्बिनीपाटीसँग कुरा गर्दै निर्माण कम्पनीका प्रतिनिधि भट्टले मन्त्री ज्युले बजेटकाे सुनिश्चितता गरेकोले एक दुई दिन भित्रै काम सुरु गर्ने बताए ।
सम्झौता गरिसकेपछि सडकको डिजाइन परिवर्तन गरेको र परिवर्तीत डिजाइन अनुसार लागत बढ्ने भएकोले आवश्यक रकमकाे ब्यवस्था नहुदा काम राेकिएकाे उनको भनाइ थियो ।
अब मन्त्री ज्युले जसरी पनि रकमको ब्यवस्थापा हुन्छ भनेकाेले एक दुई दिनमै काम सुरु हुने निर्माण ब्यवसायी भट्टले बताए ।
८ कि. मि. सडक कालाेपत्रे गर्न २०७३ असाेज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० मा सम्पन्न गर्नेगरि २०७३ असाेज ४ गते निर्माण कम्पनीसँग सम्झौता भए पनि काम हुन सकेको थिएन ।