बुटवल, ५ पुस ।
कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आयोजित दोस्रो कालिका रनिङशिल्ड प्रतियोगिता २०७९ को उपाधि कुवरवर्ती ईगलिस बो स्कुलले हात पारेको छ ।
१० स्वर्ण, ३ रजत १ कास्य पदकसहित कुवरवर्तीले उपाधि हात पारेको हो । कालिका मानवज्ञान ९ स्वर्ण, ५ रजत, १ कास्य जित्दै दोस्रो भएको छ भने २ स्वर्ण २ रजत जित्दै एभरेष्ट बोर्डिङ स्कुल तेस्रो भएको छ ।
प्रतियोगिताको प्रथम, द्घितिय र तृतीय टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैया, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
त्यस्तै छात्र भलिबलको उपाधि कुवरवर्तीले बोर्डिङ स्कुलले हात पारेको छ । फाईनल खेलमा उजिरसिह माबिलाई ३–१ को सेटमा जित निकाल्दै कुवरवर्तीले स्वर्ण हात पारेको हो ।
छात्र भलिबलतर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु होराईजन ई बोर्डिङ स्कुलले कालिका मानवज्ञानलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको छ ।
छात्रा भलिबलको फाईनल खेलमा एभरेष्ट बोर्डिङ स्कुलले न्यु होराईजन बोर्डिङ स्कुलमाथि ३–० को सेटमा जित्दै स्वर्ण हात पार्यो ।
यसैगरि तेस्रो स्थानका लागि भएको खेलमा दीप बोर्डिङ स्कुलले नवज्योति माबिलाई २–० सेटमा पराजित गरेको छ ।
छात्र कबड्डीको फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिले शिवपुर माविलाई ११३–२८ अंकले पराजित गर्दै स्वर्ण हात पारेको छ ।
क्यानन बोर्डिङ स्कुल तेस्रो भएको छ ।

छात्रा कबडीको उपाधि भने न्यु होराईजन माबिले जितेको छ । फाईनल खेलमा आयोजक कालिका मानव ज्ञान माबिलाई ४२–३५ अंकले जित्दै स्वर्ण हात पारेको हो ।
कविता प्रतियोगितामा प्रशंसा प्रथम
कालिका मानवज्ञान माबिको प्रशंसा भट्टराई शेर बहादुर गुरुङ जिल्ला स्तरीय कविता प्रतियोगितामा प्रथम भएकी छन ।
शेर बहादुर गुरुङ अक्षयकोष २०६७ द्वारा कालिका मानवज्ञान माबिको ६२ औं वार्षिकोत्सब अवसरमा जिल्लास्तरीय अन्तर माबि कविता प्रतियोगिता सन्चालन गरिएको थियो ।
‘युवा र राजनीति’ शिर्षकमा राखिएको कविता प्रतियोगितामा दीप बोर्डिङ हाइ स्कुलकि अन्जली पान्डे र मणिमुकुन्द मा विकि प्रतिभा अर्याल क्रमशः द्वितीय र तृतिय भएका थिए । प्रतियोगिताका प्रथम ,द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमश १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएका कार्यक्रम संयोजक बिबेकराज पोख्रेलले बताए ।






