सर्लाही,१ पुस ।
सर्लाहीको रामनगर गाउँपालिका–७ मा सशस्त्र प्रहरी जवानमाथि गोली प्रहार भएको छ ।

काभ्रे जिल्लामा कार्यरत सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहमाथि गोली प्रहार भएको हो । घर बिदामा आएका साहलाई गोली हानेको आशङ्कामा स्थानीय रामप्रवेश साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पाखुरामा एक गोली लागेर घाइते भएका साहलाई प्रादेशिक अस्पताल मलङ्गवा सामान्य उपचारपछि वीरगञ्ज पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।