बुटवल,१ पुस ।
दोस्रो कालिका जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि बुटवलमा शुरु भएको छ ।
कालिका मानवज्ञान माध्यामिक विद्यालयको ६२ औ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसर पारेर आयोजना गरेको रनिङशिल्ड प्रतियोगिताको शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका हुन् ।
कार्यक्रमकाे उद्घाटन गर्दै राखेप सदस्यसचिव घिसिङले शैक्षिक गतिविधिमा देहकै अग्रस्थानमा रहेको कालिका खेलकुदमा पनि अब्बल रहेको बताए ।
उनलेे नवौ राष्ट्रिय प्रतियोगितामा पदक जितेर विद्यालयले साे कुराकाे प्रमाण दिएको बताए ।
आफु पदभार ग्रहण गरेको एक वर्षको अवधिमा नवौ राष्ट्रिय
खेलकुदसहित धेरै खेलकुल प्रतियोगिता सम्पन्न गर्न सफल भएको दाबी गर्दैै उनले उमेर समुहका खेलाडीहरुलाई प्राेत्शाहन खालका कार्यक्रम ल्याउन लागेको जानकारी गराए ।
खेलकुद विकासमा धेरै लगानी गर्ने विद्यालयहरु पहिचान गरि सम्मानका कार्यक्रमबाट प्रोत्साहन मिल्ने उनले बताए । एउटा मान्छेको एउटा कर्मका लागि जन्म हुने भन्दै उनलेे सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महत्वपूर्ण योगदान हुने गरि घनश्याम पाठक जस्ता ब्यक्तिको जन्म हुने गरेको धारणा राखे ।
कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले सरकारबाट गर्नुपर्ने खेलकुद विकासका धेरै गतिविधि सामुदायिक र नीजि विद्यालयबाट भैरहेको बताए ।
त्यस्तै बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठकले खेलाडी देशको गहना ब्यवहारमा उतार्न जरुरी रहेको बताए । समाज परिवर्तनमा प्रत्येक घडीमा चुनौती आउने भन्दै यो पार गर्न सक्नु सफलता भएको उनले बताए ।

कार्यक्रममा राखेपका सदस्य अन्जन धमला, मदनभण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), निवर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी,सदस्य नित्यानन्द ज्ञवाली, एसियाली खेलकुदका कोषाध्यक्ष निरंजन राजवंशी, वडा नं १० का वडाअध्यक्ष बलु पुनले खेलकुदको विकासमा टेवा दिन विद्यालयमा हुने
खेलकुद गतिविधिमा जोड दिनुपर्ने बताए ।
यसैबिच विद्यालयले वार्षिकोत्सवको अवसरमा पोखरामा सम्पन्न नवौ राष्ट्रिय प्रतियोगिता २०७९ र १२ औ राष्ट्रपति रनिङशिल्डमा विभिन्न विद्यामा पदक जित्ने खेलाडीहरु
लाई दोसल्ला, सम्मानपत्रबाट सम्मान गरेको छ ।
राखेपका सदस्यसचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई,
मदनभण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि), निवर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामी, सदस्य नित्यानन्द ज्ञवाली, एसियाली खेलकुदका
कोषाध्यक्ष निरंजन राजवंशी, वडा नं १० का वडाअध्यक्ष बलु पुनले एथलेटिक्समा लङजम्प विद्यामा राष्ट्रिय किर्तिमानसहित पदक विजेता सलिम देवान, कबड्डी प्रतियोगितामा पदक बिजेता सतिस चौधरी, धर्मराज धवल, कृष्ण तरामु, आईटिएफ तेक्वान्दोमा पदक जितेका सबिना श्रेष्ठ तथा १२ औ राष्ट्रपति रनिङशिल्डमा कबड्डीमा स्वर्ण पदक जितेका राहुल अर्याललाई सम्मान गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापाले स्वस्थ्य र खेललाई प्राथमिकता दिदै शिक्षासंग जोड दिने उदेश्यसहित खेलकुद गतिविधिलाई अगाडि बढाएको बताए ।
साे अवसरमा विद्यालयका किर्तिमानी खेलाडी सलिम
देवानले टर्च लाईट प्रदर्शन, खेलाडीहरुको मार्चपास, विद्यार्थीहरुको पिटी प्रदर्शन गरेका थिए ।