बाजुरा,१८ मंसिर । बाजुरामा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका बद्रिप्रसाद पाण्डे विजयी भएका छन् । नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरे ।
यस्तै, प्रदेश सभातर्फ बाजुरा ‘१’ बाट नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाही विजयी भएका छन । उनले १० हजार ९७३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका बलदेव रेग्मीले आठ हजार ३६२ मत प्राप्त गरे ।
यस्तै, बाजुरा ‘२’ मा कांग्रेसका पदमबहादुर शाही प्रदेश सभा सदस्यमा विजयी भएका छन । शाहीले २० हजार ११९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे ।









