बुटवल,१७ मंसिर । बुटवल स्थित कालिका क्याम्पसले ९औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाउने तयारी गरेको छ ।
क्याम्पसले शनिबार पत्रकार सम्मेन गरी वार्षिकोत्सव कार्यक्रम बारे जानकारी गराएकाे हो ।
यही मंसिर १८ देखि २४ गतेसम्म विविध कार्यक्रम हुनेछन् ।
वार्षिकोत्सवको अवसरमा क्याम्पसकाे नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । क्याम्पस भवन बनाउन तत्कालीन अर्थमन्त्री रुपन्देही २ का सांसद विष्णु पौडेलले ६ करोड बजेट पारिदिएकाले उनैबाट भवन उद्घाटन गरिने पाठकले बताए ।
यस्तै २४ गते प्रदेशका शिक्षामन्त्री वसिउद्दिन खांको प्रमुख आतिथयतामा वार्षिकोत्सव समापन हुने उनले बताए । त्यसअघि १८ गतेदेखि २२ गतेसम्म विभिन्न खेलकुद, निशुल्क आंखा जांच र दन्त परीक्षण शिविर,रक्तदान लगायतका रचनात्मक कार्यक्रमहरु गरिने क्याम्पस प्रमुख पाठकले जानकारी गराए ।
वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उनले बताए ।
३५ जना विद्यार्थीबाट शुरु भएको क्याम्पसमा अहिले २८३८ जना विद्यार्थी अध्ययनरत छन् ।
२०७० सालमा बीबीएस कार्यक्रम सम्बन्धन लिएर क्याम्पस स्थापना भएको थियो ।