बुटवल,९ मंसिर ।
रुपन्देही २ मा अन्तिम समयमा पुगेर मतगणना राेकिएकाे छ । मुचुल्कामा भन्दा ३४ मत बढी ब्यालेटमा भेटिएपछि विवाद भएको हो ।
७४ हजार ४७० मतगणना हुदा एमालेका विष्णुप्रसाद पौडेलकाे २४ हजार ९६५ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलकाे २३ हजार ९१० र सत्ता गठवन्धनकाे तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा सुर्यवंशीकाे २० हजार २७९ मत प्राप्त गरेका छन् ।
मुचुल्का उठाउँदा तथ्यांक गलत आएकाे बिषयमा बिवाद भएपछि शुक्रबार बिहान ३ बजेदेखि मतगणना स्थगित भएकाे निर्बाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।
साे क्षेत्रमा एमालेका बिष्णु प्रसाद पाैडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाैडेलबी १ हजार ०५५ मतान्तर रहेको छ ।
८१ हजार २२० मत खसेको साे क्षेत्रमा अझै ९००० मत गणना गर्न बाँकी रहेको छ ।
बिवाद समाधान गर्न निर्वाचन अधिकृतकाे कार्यालयले सर्वदलीय बैठक बाेलाएकाे छ ।
मतगणनाका क्रममा केही मतपत्रमा मतदान अधिकृतकाे हस्ताक्षर नभएका मतपत्र समेत भेटिएको मतगणना प्रतिनिधिले बताएका छन् ।






