बुटवल,१९ कार्तिक ।
रुपन्देही निर्वाचन क्षत्र नं २ का वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु मतदाताको आश्वासनले उम्मेदवार उत्साहीत भएका छन् ।
आफ्नो गृहनगर बुटवलको सुख्खानगरबाट शुक्रबार बिहान घरदैलो कार्यक्रमको शुभारम्भ गरेका वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु आज दोस्रो दिन पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका हुन् ।
जितका लागि मतदाताहरुले दिएको शुभकामना र आश्वासनले उम्मेदवाहरु उत्साहीत भएका हुन् ।
घरदैलोमा पुगेका उम्मेदवारहरुलाई विजयीको लागि अग्रिम शुभकामना दिदै ढुक्क भएर भोट दिने मतादाताहरुले प्रतिवद्धता जनाएका छन ।
बुटवल उप–महानगरपालिका वडा नं ८ सुख्खानगरमा शुक्रवार घरदैलोमा पुगेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशव ब. थापा (सूर्यवंशी), प्रदेश सभा सदस्य पदका उम्मेदवार वामदेव क्षेत्रीलाई मतदाताहरुले भोट दिने दिने वाचा गरेका हुन ।
दुवै जना उम्मेदवार बुटवल सुख्खानगरवासी हुन । राष्ट्यि जनमुक्ति पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष समेत रहेका उम्मेदवार थापाले पटकपटक एउटै व्यक्तिलाई जिताइ रहने तर जनताको समस्या हल गर्न नसक्नेलाई जिताउनुको कुनै अर्थ नहुने बताउदै बुटवलको लागि नयां अनुहारलाई जिताउन आग्रह गरे ।
आफ्नो प्रतिद्धन्दी विष्णु पौडेलले अर्थमन्त्री पदसंग लुम्बिनी प्रदेशको राजधानी साटेको बुटवलवासीले भुल्न नसक्ने उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सदस्य समेत रहेका प्रदेश सभा सदस्य पदका उम्मेदवार क्षेत्रीले बुटवलको विकासमा आफ्नो उम्मेदवारी रहेको बताउदै मत दिएर जिताउन आग्रह गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका उम्मेदवार थापासँगै निर्वाचन क्षेत्र नं २ (१)प्रदेश सभा सदस्य पदका उम्मेदवार दिर्घ बहादुर केसी (कुमार) पनि घरदैलो कार्यक्रममा व्यस्त भएका छन ।







