बुटवल,१८ कार्तिक ।
पाल्पाको झुम्सामा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जा चापाकोट ५ का ४१ वर्षिय मोहन प्रसाद पाण्डे रहेका छन् ।
पाल्पाबाट बुटवल तर्फ आउँदै गरेको ग् १६ प १४८६ नमबरको मोटरसाईललाई आज दिउँसो २ः३० बजे बुटवलबाट पाल्पा तर्फ जाँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।
ठक्कर दिने बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाको प्रहरीले अनुसन्धान थालेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।








