पाल्पा, १७ कार्तिक ।
नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गठबन्धनका उम्मेदवार विरुद्ध अनावश्यक र भ्रमको खेती नगर्न एमाले उम्मेदवारलाई सचेत गराएका छन् ।
एमालेका उम्मेदवारले प्रतिनिधिसभा र प्रदेश सभामा कांग्रेसको उम्मेदवार नरहेको भनि भ्रम फैलाएको भन्दै सभापति श्रेष्ठले अन्य पार्टीका उम्मेदवार विरुद्ध भ्रम नफैलाउन आग्रह गरेका हुन् ।
पाल्पा निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले प्रतिनिधि सभामा कांग्रेसको उम्मेदवार नभएको भन्दै एक टेलिभिजन संवाद मार्फत आफुलाई भोट मागेको भन्दै सभापति श्रेष्ठले आपत्ति जनाए ।
मुलक अहिले गठबन्धनमय भएको भन्दै सभापति श्रेष्ठले गठबन्धनको आवश्यकता र मतदाताको अपेक्षा अनुसार कांग्रेसका उम्मेदवार रहेको बताए ।







