जनकपूर,१३ कार्तिक ।
मधेस प्रदेश सरकारले सोमबार पनि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आइतबार एक विज्ञप्ति जारी गरी कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।
संघीय सरकारले छठको मुख्य दिन अर्थात कार्तिक शुक्ल षष्ठीमा पर्ने ‘सझिया घाटे’को दिन मात्रै सार्वजनिक विदा दिने गरेको छ । तर सप्तमीको दिन बिहान सूर्यलाई अर्घ दिएपछि मात्रै छठपर्व समापन हुन्छ ।
सामाजिक एकताको झझल्को दिने यस महापर्वले भौगोलिक, सामाजिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउने मुख्यमन्त्री राउतको विश्वास छ ।







