बुटवल,१० असोज ।
बुटवल स्थित खेम ओमी प्रतिष्ठानले छोरी शिक्षा अभियान शुुरु गरेको छ ।
बुटवलका एक सफल ब्यबसायी खेम पुनले आफु जिवित हुंदै छोरी शिक्षा अभियान सञ्चालन गर्ने भनेपनी कामको दौडानमै निधन भएकाले उनकी धर्मपत्नी ओमी पुनले सो अभियानको सुरुवात गरेकी हुन् ।
आज खेम ओमी पुन प्रतिष्ठान र रुपन्देहीको जेष्ठ नागरीक मञ्चका अध्यक्ष यदु पाण्डे बीच छोरी शिक्षा कार्यक्रमका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
रुपन्देहीको श्रृंगेस्वर धाममा रहेको जेष्ठ नागरीक मञ्च र प्रतिष्ठान बिचको सहकार्यले पढ्न चाहेर पनि आर्थीक अबस्थाका कमजोर भएका कारण पढ्न नपाएका तथा बिभिन्न हिंसामा परेका बालिकालाई प्रतिष्ठानले आफ्नो संरक्षणमा बिभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्न सहजीकरण गर्ने प्रष्ठिानका अध्यक्ष ओमी पुनले जानकारी दिइन् ।
प्रतिष्ठानले हाल डाक्टर अध्ययन गर्नका लगाी प्रत्येक बर्ष एक छात्र र एक छात्रालाई छात्रबृत्ती प्रदान गर्दे आएको छ ।
जेष्ठ नागरिक मञ्चका अध्यक्ष यदुनाथ पाण्डेले श्रृंगेस्वर धाम, जेष्ठ नागरिक मञ्च र छोरी शिक्षा अभियान सामाजीक सेवा भावले स्थापना भएकाले एक अर्काको सहयोगी बन्ने बताए ।
प्रतिष्ठानले जेष्ठ नागरिक मञ्च भएको भबनमा तला थपेर सो अभियान सञ्चालन गर्ने गरी दुबै संस्थाका अध्यक्ष बिच सहमती पत्रमा हस्ताक्षर भएको हो ।
अब प्रतिष्ठानले एक पटकमा ३० जना असहाय छोरीहरुलाई शिक्षा दिक्षा दिने र छोरा छोरी बीचको बिभेद अन्त्य गर्ने कार्यमा लाग्ने प्रतिष्ठानकी अध्यक्ष पुनले बताइन् ।
छोरी पनि पुरुष सरह काम गर्न सक्ने अशल नागरिक बनाउने अभियान रहेको उनको भनाई छ ।
यो अभीयान देशकै नमुना अभियान हुने उनको विश्वास छ ।






