बुटवल,२८ भदौ । आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

ठूलो वर्षाको सम्भावना रहेकाले यी क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले प्रदेश-१, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

मनसुनी प्रणाली सामान्य अवस्थामा रहेकाले एकै ठाउँमा लामो समय ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् नगरकोटीले बताइन् । उहाँका अनुसार आज दिउँसो देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

यस्तै, राति गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमा महाशाखाले जनाएको छ ।

­