बुटवल,२५ भदौ । आज पनि लुम्बिनी प्रदेश सहित देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।
दिउँसो केहीबेर घाम लागेर मौसम खुले पनि त्यसपछि फेरि पानी पर्ने सम्भावना माैसमविद बरूण पाैडेलले जानकारी दिए । आज राति पनि सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बाग्मतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उनलेे बताए ।
मनसुनी वायु र भारतबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण केही दिनयता लगातारजस्तै पानी परेको माैसम विज्ञान विभागले जनाएको छ । ।